यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

दियो पोस्ट  

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असार २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएको थियो ।

यसै कारणले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।