
काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा ४ जना जनशक्ति थप निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चार जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।
थपिएको दरबन्दीमा राजस्व उपसचिवसहित दुई जना उपसचिव, एक जना डिएसपी र एक जना सुचना विश्लेषक (शाखा अधिकृत) छन् ।