सिरहामा अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

सिरहा । सिरहामा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७० मिलिग्राम, १२ हजार ६ सय ५० रूपैयाँ र २ थान मोबाइलसहित लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोहीनगरपालिका–२ बस्ने ३० वर्षीय बिश्व मित्र महतो रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बन्दिपुर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरी टोलीले
जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।