बाघको आक्रमणबाट एक जनाको मृत्यु

दियो पोस्ट  

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान पौने दस बजे तिर मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको हो ।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएको छ । यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाको निधन भइसकेको तिवारीले बताए ।

सिफारिस