नारायणी नदीमा माछा मार्न गएका युवक मृत अवस्थामा फेला

दियो पोस्ट  

चितवन । नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् ।भरतपुर महानगरपालिका–१६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।

बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार साँझ परिवारको सम्पर्कमा नआएपछि खोजतलास गर्दा आज बिहान शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाकारी दिए ।