
ओखलढुंगा । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका नेता बालकृष्ण दाहाल नियुक्त भएका छ्न् ।
नेपाली काङ्ग्रेस ओखलढुंगाका नेता दाहाललाई पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गरेका हुन ।
पार्टीको धारा ४२ (१) च अनुसार उनलाई नियुक्ति गरेको पार्टी स्रोतले बताएको छ । बिगतमा दाहाल स्व. गिरिजा प्रसाद कोईरालाका मुख्य स्वकीय सचिब समेत थिए ।
