तनहुँ बस दुर्घटना अपडेटः घाइते हुनेको सङ्ख्या ३६ पुग्यो

दियो पोस्ट  

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा घाइते हुनेको सङख्या ३६ पुगेको छ ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

दुर्घटनामा घाइते भएकाको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।