जाजरकोट भूकम्पः त्रिपालमुनि बस्नु पर्दा चिसोका कारण ३ वर्षीया बालिकाको मृत्यु

दियो पोस्ट  

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा एक बालिकाको चिसोका कारण मृत्यु भएको छ।

जिल्लाको कुशे–१ स्याँक्रीकी सुनील वादीकी ३ वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

गएको कात्तिक १७ गतेको भूकम्पबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बस्दै आएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

त्रिपालमुनि बस्दा चिसोका कारण रक्षालाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको बस्नेतले बताए।