ज्वालामूखी गाउँपालिकाको सरकारी गाडिमा पूर्वअध्यक्ष तिमल्सिनाको ‘मुस्ताङ टूर’

दियोपोस्ट संवाददाता

धादिङ । ज्वालामूखी गाउँपालिकाका पूर्व अध्यक्ष विनोद तिमल्सिना गाउँपालिकाको सरकारी गाडि लिएर घुमघाममा निस्किएका छन् । पूर्वअध्यक्ष तिमिल्सिनाले बा १ झ ५७६६ नम्बरको सरकारी गाडि लिएर मुस्ताङ घुमिरहेका हुन् । उनीसहित अरु केही व्यक्तिहरु समेत अहिले घुमघामका लागि मुस्ताङ पुगेका छन् ।

उसो त नेपाली कांग्रेसबाट अघिल्लो कार्यकालका लागि निर्वाचित तिमिल्सिनाले आफ्नो कार्यकाल विरोधरहित भने बनाउन सकेका थिएनन् । डोजर काण्डदेखि अनियमितताका विभिन्न विषयहरुसमेत दियोपोस्टले बाहिर ल्याएको थियो ।

पूर्वअध्यक्ष तिमल्सिनाले गाउँपालिकाकै गाडी दुरुपयोग गर्दासमेत गाउँपालिका अध्यक्ष यमनाथ दनै भने बेखबर छन् । वर्तमान अध्यक्ष दनैकै सल्लाहमा पूर्वअध्यक्षले गाउँपालिकाको सरकारी गाडि दुरुपयोग गरेको आशंका गरिएको छ ।

हेर्नुहोस् ‘मुस्ताङ टुर’ मा गाउँपालिकाका पूर्वअध्यक्ष तिमल्सिनाको नृत्य

 

सम्बन्धित खबर