
काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी लाखौं रकम ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गत शुक्रबार काठमाडौंको गैह्रीधाराबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको पर्टेवा सुर्गाली गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र सोही स्थानका हाल ललितपुरको सानेपा बस्दै आएका ३३ वर्षीय सुरज खनाल रहेका छन् ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया लैजाने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि जाहेरी परेको थियो । उनीहरुबाट पीडित ७ जनाले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विदेश पठाउने बहानामा उनीहरुले १२ लाख रनक लिएर सम्पर्कविहीन भएका थिए ।
जाहेरी दिने सात मध्ये एकले भने अपराधिक लाभमा जहेरी दिएकी छन् भने अन्यले बैंकिङ कसुरमा उजुरी दिएका छन् । पक्राउ परेका खनाल र बख्रेललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ । पक्राउ परेका दुवैजना विरुद्ध यसअघि पनि उक्त कसुरमा फरार थिए ।