फेरि पक्राउ परे विवादित व्यवसायी दुर्गा प्रसाईं

दियोपोस्ट संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार दिउँसो भक्तपुरको उनकै निजी निवासबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि पनि उनी चरित्र हत्या गरेको आरोपमा असोज ६ मा पक्राउ परेका थिए ।