काठमाडौं । आज भोली स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । फोनले एकातिर हाम्रो जीवन सरल बनाएको छ भने अर्कोतिर यसले कयौ नयाँ समस्या पनि सृजना गरिरहेको छ । अझ एकाबिहानै उठ्ने बित्तिकै फोन चलाउने बानी स्वास्थ्यका लागि घातक मानिन्छ ।
बिहानको समयमा फोन चलाउदा स्वास्थ्यमा पार्नसक्ने प्रभाव बारेमा हामी आज चर्चा गर्नेछौं । साथै यसबाट जोगिन के के गर्न सकिन्छ भन्ने बारे केही सरल उपायहरु पनि सेयर गर्नेछु ।
१. मानसिक तनाव तथा चिन्ता
यदि तपाईले बिहान उठ्ने बित्तिकै मोबाईलमा बिभिन्न किसिमका समाचारहरु पढ्ने र हेर्ने बानी छ भने बन्द गर्नुस् । बिहानको समयमा मानिसको दिमाग एकदमै फ्रेस हुने र ब्रेनका सेलहरु पनि एक्टिभ हुनेहुदाँ सकारात्मक कुराहरु मात्र हेर्ने गर्नु पर्दछ । यो समयमा निरास बनाउने खालका समाचार तथा पोष्टहरु हेर्नु मस्तिस्कका लागि राम्रो हुदैन । यस्तो बानिले मानसिक तनाव तथा चिन्ता बढाउने गरेको चिकित्सकहरु बताउछन् । त्यसैले पनि सकभर बिहानको समयमा फोन चलाई हाल्नु हुनदैन ।
२. ध्यानमा प्रभाव
जब हामी बिहान उठेको केहि मिनेटमै फोन चलाउँछौं, यसले हाम्रो दिमागलाई केही समयका लागि विभाजित बनाउँछ । फोनका विभिन्न अपडेटहरू, म्यासेजहरू तथा सूचनाहरूले गर्दा, हामीलाई आफ्नो दिनको महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नबाट बञित बनाउछ । यो क्रम बढ्दै गए भविश्यमा हामिलाई बिर्सिने समस्या हुन सक्छ । अहिले यो समस्या धेरैमा देखिन थालेको मनोचिकित्सकहरुले बताउदै आएका छन् ।
फोनको स्क्रिनमा सधैं घण्टौं समय बिताउनु भनेको आँखामा थकान र दबाब पु¥याउनु हो । साथै, फोनको स्क्रिनमा ब्लू लाइट हुन्छ जसले हाम्रो मस्तिष्कमा मेलाटोनिनको स्तर घटाउँछ । जुन निद्राको प्राकृतिक हार्मोन हो । यसबाट आँखामा थकान, सुख्खापन तथा धमिलोपनको समस्या बढ्दछ ।
ज्यादा मोबाईलको प्रयोग गर्नाले आँखा र टाउको दुख्ने , गर्दन दुख्ने , वाकिवाकि लाग्ने , परनिर्भता हुने, एक्लोपन मन पराउने , नँया कुरा सोच्नबाट बञित गराउने , चाडै रिस उठ्ने जस्ता समस्याहरु देखा पर्दछ । त्यसैले पनि विज्ञहरु बिहान उठ्ने बित्तिकै सकभर मोबाइल नचलाउन सल्लाह दिन्छन् ।
फोन चलाउने बानी छोड्न यस्तो गर्न सक्नु हुन्छ र भविश्यमा आईपर्ने समस्याहरुबाट जोगिन सक्नुहुन्छ । मोबाइल फोनलाई बिस्तारै आफ्नो बिहानको दिनचर्यामा घटाउनुहोस । मर्निङ रुटिनमा व्यायाम, ध्यान, वा पुस्तक पढ्ने समय राख्नुहोस् ।
—आफ्नो स्मार्टफोन बेडबाट टाढा राख्नुहोस्, ताकि तपाईंलाई पहिले फोन चलाउनको लागि मेहनत गर्नु परोस् ।
— साथी भाइ, आफन्तहरुसंग कुरा गर्नु परे फोनमा भन्दा भेटेरै कुरा गर्ने बानी बसाल्नुस् ।
— बिहान फोन चलाउन मन लागे । मोबाईलबाट हुन सक्ने समस्याहरु लेखेर आखाँ पर्ने ठाउँमा टास्नुहोस् ।
— सामाजिक संजाल जस्ता माध्यमको प्रयोग कम गर्नुहोस् ।