जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

दियोपोस्ट संवाददाता  

कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छिन्।

प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन्।

आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन्।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टिकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हुन् ।

सिफारिस