जाडोमा यी खुराक साना नानिबाबूलाई दूधमा मिसाएर खान दिए, चिसोबाट जोगाउन सकिन्छ

यी खुराक साना नानिबाबूलाई दूधमा मिसाएर खान दिए, चिसोबाट जोगाउन सकिन्छ

दियोपोस्ट संवाददाता  

काठमाडौं । चिसो मौसममा विशेष गरी साना नानिबाबूहरूको पोषण र स्वास्थ्यको ख्याल राख्नु पर्छ । यो समय साना नानिबाबुका लागि एकदमै संवेदनसिल समय मानिन्छ । चिसोका कारण नानिबाबुको स्वास्थ्य अवस्था तलमाथि हुने समय पनि यही हो । यो मौसममा नानिबाबुको शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न उनिहरुको आहारमा ध्यान दिनुपर्ने हुन्छ ।

दूध साना नानिबाबूको शारीरिक तथा मानसिक विकासको लागि अत्यन्त महत्त्वपूर्ण छ । जाडोमा दूधलाई विभिन्न पौष्टिक पदार्थसँग मिसाएर नानिबाबुलाई खुवाउनु फाइदाजनक मानिन्छ । नानिबाबुलाई दूधमा बेसार, दालचिनी, केसर, गुड जस्ता पौष्टिक पदार्थहरू मिसाएर दिने परंपरागत घरेलु चलन छ । जसले शरीरलाई न्यानो राख्न र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
बेसार र दूध : दूधमा बेसार मिसाएर खुवाउनु जाडोको समयमा अत्यन्त उपयोगी मानिन्छ । बेसारमा औषधीय गुणहरू पाइन्छ । जसले शरीरलाई इन्फेक्सनबाट बचाउँछ र शरीरको तापमान कायम राख्न मद्दत गर्छ । यसले विशेषगरी जाडोको समयमा सर्दी र ज्वरो जस्ता समस्या कम गर्नमा मद्दत गर्दछ।
दालचिनी, केसर र दुध : दालचिनी र केसर दूधमा मिलाएर दिने परम्परागत चलन छ । दालचिनीले शरीरको तापमान नियन्त्रण गर्न मद्दत गर्दछ भने केसरले पाचन प्रणली राम्रो बनाउँछ ।
ओखर र दुध : दूधमा ओखर मिलाएर दिनु नानिबाबूको मस्तिष्क विकास र शारीरिक स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले हड्डीहरू बलियो बनाउन र पाचनतन्त्रलाई गतिशिल बनाउन मद्दत गर्दछ ।
गुड र दुध : प्राय सबै नानिबाबूहरुलाई गुलियो अनि मिठो खानेकुराहरु मन पर्छन् । यदि बच्चाहरुलाई दुध मन पर्दैन भने पनि चिनी राखिदिदाँ मज्जाले दुुध पिउछन् । नानिबाबूलाई चिनीको सट्टा दुधमा गुड़ मिसाएर खुवाउँदा स्वास्थ्य राम्रो हुन्छ ।

गुड़को सेवन गर्दा जाडोमा बालबालिकाहरुको शरिरलाई न्यानो राख्न मद्दत गर्छ र यसले शरीरलाई आवश्यक पोषण तत्व पनि प्रदान गर्छ । यसरी घरेलु उपाए अप्नाएर पनि चिसो लाग्नबाट साना नानिबाबूलाई जोगाउन सकिन्छ । यी पौष्टिक आहाराले नानिबाबूको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै खोकी र फ्लू जस्ता समस्या हुनबाट सुरक्षित राख्न सकिन्छ ।

 

 

TATA ADD