
फाइल
रसुवा । रसुवामा करिब दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको कालिका गाउँपालिका–१ ग्राङबाट करिब २ किलो सुनसहित बिहीबार बेलुकी गोसाइकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाएरु ल्याएको सुन फेला पारेर पक्राउ गरेको हो ।