
काठमाडौं । नेकपा एमालेको जागरणसभाका लागि र्याली सुरू भएको छ। जागरणसभाका लागि भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ।
एमालेको जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ। दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा हुन लागेको हो। एमाले स्रोतका अनुसार कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।