प्रधानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विवेदीले भेटवार्ता गरेका हुन्।

गत बुधबार नेपाल भ्रमणमा आएका द्विदीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमपश्चात् उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेटघाटसमेत गरेका छन्।

द्विवेदीले आजै नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सिफारिस