
काठमाडौं । साइबर अपराध आरोपमा यतिबेला प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको हो।
मेहताको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिक–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए।
प्रसाईं सवार गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।