रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

सहकारी ठगी प्रकरण :

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा बस्ने भएका छन्।

कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक थपिएको १३ दिनको म्याद पनि सकिएपछि थप समय हिरासतमा राख्ने अनुमति माग्न पाँचौँपटक कास्की जिल्ला अदालतमा पेस गरेको हो।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगिएको थियो ।

सिफारिस