काठमाडौं । जाडोयाममा सूर्यको किरण हामीलाई असाध्यै प्यारो लाग्छ । यति मात्रै होइन सूर्यको किरण स्वास्थ्यको लागि पनि अत्याधिक फाइदाजनक मानिन्छ । सुर्यको किरणमा भिटामिन डी बढाईइन्छ । भिटामिन डी शरीरको लागि अत्यन्तै आवश्यक छ । यसले शरीरमा भिटामिन डीको स्तर बढाई हड्डी र मांसपेशीलाई बलियो बनाउँछ । यसका विभिन्न फाइदाहरू छन् । जसले शारीरिक र मानसिक स्वास्थ्यलाई सुधार गर्दछ । आहारबाट भिटामिन डीको पर्याप्त आपूर्ति हुँदैन । घामको किरणले भिटामिन डी को कमीलाई पूर्ति गर्न सक्छ । यही कारणले घाममा केही समय बस्नु शरीरको लागि अत्यन्तै लाभदायक र महत्वपूर्ण छ । तर घाममा कति समय बस्ने त ?
यसको फाइदाबारे बुझौं ।
मनोबल र मस्तिष्कको स्थिति
सूर्यको प्रकाशले सेरोटोनिन नामक रसायनको उत्पादनमा मद्दत पुर्याउँछ । जसले मनोबललाई सुधार्छ र डिप्रेशन वा मानसिक तनाव कम गर्न सहयोग गर्छ । यसले सुत्ने समस्या (स्लीप डिसअर्डर) लाई पनि नियन्त्रण गर्दछ ।
मांसपेशी र जोर्नीहरूको स्वास्थ्य
सूर्यको प्रकाशले हड्डीहरूलाई क्याल्सियम बलियो बनाउनमा मद्दत गर्दछ, जसले मांसपेशी र जोर्नीहरूको स्वास्थ्यलाई सुधार गर्दछ ।
योसँगै रोग प्रतिरोधात्मक क्षमतामा सुधार
सूर्यको किरणले शरीरको इम्यून सिस्टमलाई बलियो बनाउन मद्दत गर्छ भने यसले विभिन्न रोगसँग लड्न सक्षम बनाउँछ ।
स्ट्रेस र एन्जाइटी
सूर्यको प्रकाशले कोर्टिसोल (तनाव हार्मोन) को स्तर घटाउँछ । जसले गर्दा मानिसलाई शान्त र आरामदायक महसुस गराउँछ । यद्यपि धेरै समयसम्म घाममा बस्नु हुँदैन, किनभने घामको किरणहरूले क्यान्सरको सम्भावना बढाउँछ । साथै छाला पनि ट्यान हुन्छ । तर, पनि केही समय सूर्यको किरणमा बस्नुपर्छ । यसले शरीरमा धेरै प्रकारको फाइदा पु¥याउँछ । प्रायः बिहानको समयमा १० देखि १५ मिनेटको लागि घाम ताप्नु राम्रो मानिन्छ, जसले शरीरलाई पर्याप्त भिटामिन डी प्रदान गर्ने डाक्टरहरु बताउछन् ।