बक्यौता नतिरेका ३४ उद्योगको बैंक खाता र सेयर कारोबार रोक्न कुलमानले गरे पत्राचार

६ अर्ब ४१ करोड बक्यौता प्राधिकरणलाई तिर्न बाँकी

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका ३४ उद्योगविरुद्ध तीन निकायमा पत्राचार गरेको छ। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेख्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको हो।

यसअनुसार प्राधिकरणले राष्ट्र बैंकलाई बक्यौता नतिरेका उद्योगहरुको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ भने धितोपत्र बोर्डमा सर्वसाधारणको लागि सेयर जारी गर्ने लगायतका सेयर खरिदबिक्री कार्यको इजाजत नदिन भनेको छ।

त्यसैगरी कम्पनी रजिष्ट्रारमा सेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न पत्र पठाएको छ।

बक्यौता रहेका ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ।

TATA ADD