गृह मन्त्रालयले किन सोध्यो दुई जिल्लाका सीडीओलाई स्पष्टीकरण ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय स्रोतका अनुसार, पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कवारीलाई स्पष्टीकरण सोधिएको हो ।

पदीय मर्यादा बाहिर गएर अभिव्यक्ति दिएको र आर्थिक अनियमितताबारे गृह मन्त्रालयमा गुनासो आउन थालेपछि सीडीओद्वय अर्याल र कवारीलाई गृह मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको स्रोत बताउँछ ।

गृह मन्त्रालयका अनुसार, सीडीओ कवारीलाई कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो ।

 

TATA ADD