काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजायको फैसला गरेको छ।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला भएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।
उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो। बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो।
उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
यो प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले अर्याललाई सफाइ दिएको छ ।