तनहुँका प्रहरी नायव निरिक्षक निरबहादुर अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

diyopost.com
Diyo post  सोमबार, कार्तिक १९, २०७५ | १४:५०:५१

  काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरिक्षक निरबहादुर अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

बढुवा गराउनको लागि बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरेको अधिकारीमाथि आरोप छ ।

अनुसन्धानका क्रममा अधिकारीले नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भइ सरकारी लाभ लिएको पाइएकोले विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।

सम्बन्धित खबर