पाठ्यक्रम विकास केन्द्रका लेखापाल नायव सुब्बा गुणराज दाहाल घुस रकम सहित पक्राउ

दियो पोस्ट  

  काठमाडौं, कात्तिक १९ । पाठ्यक्रम विकास केन्द« सानोठिमी, भक्तपुरका लेखापाल नायव सुब्बा गुणराज दाहाल घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले २५ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–५ गहना पोखरीबाट उनलाई पक्राउ गरेको हो ।

राष्ट्रिय बहिरा महासंघ नेपालसँग आन्तरिक लेखा परीक्षणको लागि भन्दै घुस मागेको दाहालमाथि आरोप छ । यसअघि पाठ्यक्रम विकास केन्द्रले महासंघसँग कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्री तयार गर्ने सम्झौता गरेको थियो ।

TATA ADD