प्रतिक्रियावादीहरुको दुष्प्रचार एउटै अभियान र योजनाबाट धुलोपिठो पाछौँः प्रचण्ड

diyopost.com
Diyo post  सोमबार, कार्तिक १९, २०७५ | १५:२१:१९

काठमाडौँ, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारप्रति विश्वास राख्न जनतालाइ आह्वान गरेका छन् । नेपालीहरुको महान् चाडको अवसरमा मोरङमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिपक्ष दलहरुले जनतामाझ सरकारविरुद्ध भ्रम फैलाइरहेका भन्दै त्यसप्रति विश्वास नगर्न अनुरोध गरेका हुन् । देशमा छि

विभिन्न योजनाहरु आईरहेको र पुर्वाधार विकासका कामहरु पनि अगाडी बढाइरहेको तर झट्ट सरकारको काम नदेखिनुमा जनता हतोत्साहित हुन नपर्ने उनले बताए । जनतामा एमाले र माओवादीको तल्लो तह एकता बारेमा बताउँदै अध्यक्ष प्रचण्डले छिट्टै पार्टीको तल्लो तहसम्म एकता गरेर विपक्षीहरुले फैलाएका भ्रमलाई चिर्ने बताए । त्यसका लागि पार्टीका महासचिव र अन्य नेताको एक समिती बनाईएको र विभिन्न कार्यदलबाट आएका सुझावहरुलाई अन्तिम रुप दिदैँ पार्टीको केन्द्रिय सचिवालय र स्थायी समितिमा प्रस्तुत गर्नमात्र बाँकी रहेका उनले बताए ।

तल्लो तहमा समेत एकता गरिसकेपछिको शक्ति भौतिक शक्तिमा बदलिने र प्रतिक्रियावादीहरुको दुष्प्रचारलाई एउटै अभियान र योजनाबाट धुलोपिठो पार्न सकिने समेत उनले बताए । आफुले बारम्बार पार्टी अध्यक्ष ओली र नेता माधव नेपालसंग बसेर कुरा गरेको र छिट्टै नै एकताको टुंगो लाग्ने बताए । अहिले नेकपासंग ४० औँ वर्षसम्म कम्युनिष्ट आन्दोलनमा होमिएका नेता, संघर्षका पाठ सिकेका युवा लाखौँ संख्यामा भएकोले युवा अभियानको माध्यमबाट देशलाई पुन एकचोटी जुरुक्क उठाउने तरिकाले जनतामाझ जाने बताउँदै अध्यक्ष प्रचण्डले प्रतिपक्षी र प्रतिकियावादी शक्तिहरुलाई दह्रो भएर बस्न समेत चेतावनी दिएका छन् ।

तात्कालिन काम गर्दा रणनीतिक काम छोडिने र रणनीतिक काम गर्दा तत्कालका कामहरु छोडिने भएकोले सरकारका कामहरु नदेखिएको प्रचण्डले बताए । देशमा सबै सिस्टम फेरिएपनि कर्मचारी भने पुरानै भएकाले काम गर्न समस्या भएको समेत प्रचण्डले बताए । उनले घोषणा गरिएअनुसारका प्रतिवद्धताहरु पनि पुरा गर्ने बताए । सुकुम्वासी समस्याको चाँडै समाधान हुने तथा वृद्धभत्ता पनि सकेजति बढाउने बताए । लालपुर्जा नभएकाहरुलाइ लालपुर्जा वितरण गर्ने, दर्ता नं दिने तथा स्थानान्तरण गर्नुपर्ने भएमा स्थानान्तरण गर्नेपनि उनले बताए । सवैका लागि ऐन बनाईएको र तत्काल कार्यन्वयनका लागी मन्त्रालयले काम अगाडी बढाइएको बताउदै अध्यक्ष प्रचण्डले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन् ।

सम्बन्धित खबर