काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गतको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा विहान ११ बजेबाट भएको खेलमा टस जितेर पोखराले फिल्डिङ रोजेको थियो । पारस खड्काको कप्तानीमा रहेको चितवन राईनोजले कुल २० ओभर खेल्दै विकेटको ५ विकेटको क्षतिमा १६० रन बनाएको हो ।
चितवनको तर्फबाट कप्तान पारस खड्काले अर्धशतक पार गरेका छन् । उनले कुल ३७ बल खेल्दै ९ चौकाको माध्यमबाट ५१ रन बनाएका थिए । त्यस्तै ओपनर अनिल कुमार शाहले व्यक्तिगत ३७ रन बनाए । उनले कुल ३८ बल खेल्दै पोखराका बलर मोहम्मद नाभिदबाट आउट हुन पुगेका थिए । अर्का ओपनर हरिशंकर शाह भने १२ बलमा ८ रन बनाउँदै दोस्रो ओभरमै आउट भएका थिए ।
पारसको विकेटपछि आएका सन्नी पटेलले विस्फोटक ब्याटिङ गरेका छन् । उनले २१ बलमा ४ छक्का र ३ चौकाको माध्यमबाट ४३ रन बनाई अन्तिम ओभरमा आउट भए । अन्त्यमा आएका करण केसी शुन्य रनमै आउट भएका छन् ।
बलिङतर्फ पोखराका मोहम्मद नाभेद ,ललित राजवंशी, रशिद खानले एक-एक विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए ।