कांग्रेस उपसभापतिमा विजय कुमार गच्छदार मनोनित, महासमिति बैठक सर्‍यो

diyopost.com
Diyo post   मंगलबार, कार्तिक २०, २०७५ | १६:१८:५५

काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय सदस्य विजय कुमार गच्छदार उपसभापतिमा मनोनित भएका छन् ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई उपसभापतिमा मनोनयन गरेको हो ।

नेता रमेश लेखकले गच्छदारलाई आवश्यकताको आधारमा उपसभापतिमा मनोनयन गरेको जानकारी दिए ।

त्यस्तै बैठकले कांग्रेस महासमिति बैठक मंसिर ७ गते देखि ९ गते सम्मलाई तोकिएको भएपनि मंसिर २७ देखि पुस ३ गतेसम्मलाई सारिएको छ ।

सम्बन्धित खबर