मेलम्ची खानेपानीमा लापरबाही गर्ने ‘भीआइपी कन्सल्ट्यान्ट सिल्ट’ : जसले काठमाडौंमा हाहाकार मच्चायो

दियो पोस्ट  

काठमाडौं, २१ कार्तिक । मेलम्चीको खानेपानी काठमाडौं आउन ढिलाइ हुनुको कारण सिल्ट कन्सलट्यान्ट मुख्य दोषी रहेको पाइएको छ । मेलम्ची आयोजनाको सुरुवाती चरण दश बर्षसम्म पनि आयोजनालाई अगाडि बढाउन काम गर्न नसकेकै कारण मेलम्ची खानेपानी आयोजना बर्षौपछि धकेलिएको थियो । सिल्ट कन्सलट्यान्टले तोकिएको दश बर्षको अवधिमा पनि पाएको जिम्मेवारी पूरा नगरेपछि पहिलो चरणको सम्झौता भंग गरेर दोस्रो चरण पुनः परामर्शदाता कम्पनी नियुक्त गरेको थियो । समयमा नै काम नगरेको भन्दै एडिबीले नेपालको तर्फबाट काम गरेको सिल्ट कन्सलटेन्टलाई दोस्रो चरणमा परामर्शदाता कम्पनीको रुपमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

करिब तीस बर्ष अघि स्थापना भएको सिल्ट कन्सलट्यान्टले लामो समयदेखि सरकारी निकायको काम एकछत्र रुपमा गर्दै आएको थियो । लामो समय सेटिङमा काम गर्दै आएको उक्त कन्सलट्यान्टले काम लगाएर पनि समयमा नै तलब नदिएको गुनासो पनि व्याप्त रहेको छ । सिल्ट कन्सलट्यान्टमा काम गरेर छोडेका एक इन्जिनियर भन्छन–‘सेटिङमा काम हुन्छ, सेटिङमा काम गरेपछि गुणस्तरीय काम गर्नुपर्ने बाँध्यता पनि हुँदैन, समयमा काम नहुको कारण पनि त्यहीँ हो ।’

सिल्टले मेलम्ची खानेपानी आयोजनाको काममा नेपालको मुख्य कन्टयान्टरको रुपमा काम गरेको थियो । तर कामको गुणस्तर र समयसीमाभित्र नै काम नगरेको भन्दै दोस्रो पटक एडिबीले फर्म नै समावेश गरेको थिएन ।

 

                      सिल्ट कन्सलट्यान्टका म्यानेजिङ डाइरेक्टर केशव कुँवर

सिल्ट कन्सलट्यान्टका म्यानेजिङ डाइरेक्टर केशव कुँवरले सरकारी कार्यालयका हाकिमहरुसँगको सेटिङमा ठूला आयोजनाहरुको काम पार्दै आएका छन् । विदेशी कम्पनीसँग नेपालको मुख्य कन्ट्रयाक्टरको रुपमा काम गरेको कम्पनीले समयमा नै काम नगर्दा त्यसको असर मेलम्ची खानेपानी आयोजनमा पनि परेको छ । कमिसन र सेटिङमा काम मिलाउदै आएको कम्पनीलाई त्यति बेला एडिबीले उक्त कम्पनीलाई कालो सूचीमा राखेको थियो । सिल्टले मेलम्ची खानेपानी आयोजनाको डिजाइन र अनुगमनको काम समयमा नै सम्पन्न नगर्दा राज्यजलाई करोडौ रुपैयाँ घाटा हुन पुगेको थियो ।

सेटिङमा काम लिने तर सम्पन्न नगरेको कारण सरकारी निकायहरु पनि सिल्ट कन्सलट्यान्टप्रति रुष्ट रहेका छन् । मुमिलाइजेसनको पैसा लिने उक्त पैसा व्यापारमा प्रयोग गर्दा समयमा नै इन्जिनीयरहरुले तलब नपाएको गुनासो अहिले पनि गर्दै आएका छन् । ठूला आयोजनाहरुको काम एकलौटी रुपमा गर्दै आएको सिल्टसँग अहिले धेरै प्रतिस्पर्धी कम्पनीहरु आएपछि कुँवर तिलमिलाएको एक इन्जिनियर बताउँछन् ।

सेटिङमा काम लिने, कर्मचारीलाई कमिसन दिने र गुणस्तहीन काम गरेको भन्दै परामर्शदाता कम्पनी सिल्टको कार्यशैलीप्रति पनि प्रश्न उठन थालेको छ । गुणस्तहीन काम गरेर राज्यलाई अरबौको घाटा पुर्याएरको भन्दै सरकारी निकायले पनि सिल्टमाथि निगरानी बढाएको स्रोतको दाबी छ । सटिङकाम काम गरेर नै सिल्ट कन्सलट्यान्टले काभ्रेको धुलिखेलमा डेढ सय रोपनी भन्दा बढी जग्गा खरिद गर्न भ्याएको छ ।

अहिले पनि सिल्टले परामर्शदाताको काम लिनको लागि पाँचतारे होटलमा सरकारी कार्यालयका विभागिय प्रमुखहरुसँग सेटिङको लागि छलफल गर्ने बताइएको छ । लामो समय दरवार नजिक भएर एकलौटी रुपमा काम हत्याउन सफल भएका कुवँर अहिले पनि सेडिङका काम मिलाउन रातदिन लाग्ने गरेको बताइएको छ । सिल्ट कन्सलट्यान्टले हटाएर नयाँ कम्पनी नियुक्त भएको चार बर्षको अवधिमा नै मेलम्ची खानेपानी आयोजनाको कामले गति लिएको थियो ।

TATA ADD