काठमाडौँ, २३ कार्तिक – हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबिचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गरेकी छन् ।
‘तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना’ उनले शुभकामना सन्देशमा भनेकी छिन्,‘
नेपालीबिच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’
आज तिहारको पाचौँ दिन भाइटिका देशभर मनाइँदैछ । भाईटीकाको दिन दिदि वा बहिनीेले दाजुभाईलाई टीका लगाईदिने र माला पहिर्याउने गर्दछन् । यसले भातृत्व प्रेम बढ्ने आम बुझाई छ ।