काठमाडौं, २६ कात्तिक । सभापति शेरबहादुर देउवाले पार्टीमा विधि, विधान र पद्धति मिच्दै पार्टीलाई कमजोर बनाएको भन्दै पौडेल पक्षका नेताहरुले आपत्ति जनाएका छन् ।
सोमबार बिहानै देखिएको पौडेल पक्षका सिनियर नेताहरुको भेलामा उनीहरुले सभापति देउवाले पार्टीमा स्वेच्छाचारिता बढाएको भन्दै आफूहरु आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने विषयमा छलफल गरेका छन् ।
१३ औं महाधिवेशनमा जितेयता देउवाले पार्टी संगठन, भ्रातृ संस्थामा स्वेच्छाचारिता देखाउँदा कांग्रेस कमजोर भएको निष्कर्ष निकालेका
हुन् । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, रामशरण महत, शेखर कोइरालासहितका नेता सहभागी छन् ।
उनीहरुबीच १४ औं महाधिवेशनमा देउवाविरुद्ध एक भएर उभिने विषयमा पनि कुराकानी भएको बुझिएको छ ।