शेरबहादुर देउवा केन्द्रीय कार्यलयमै घेराबन्दीमा, आफ्नै कार्यकर्ताद्वारा चर्को नाराबाजी !

diyopost.com
Diyo post  शनिबार, मंसिर ०१, २०७५ | १५:३२:४०

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टी मुख्यालयमा नाराबाजी गरेको छ ।

पार्टी केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रस्थान गरेका पार्टी सभापति शेर बहादुर देउवा नै विद्यार्थीको घेराबन्दीमा परेका छन् ।
पार्टी कार्यालय परिसरमा आइपुगेका देउवालाई प्रहरीको सहयोगबाट पार्टी कार्यालय भित्र प्रवेश गराइएको थियो । आन्दोलनकारीले नेवि संघको महाधिवेशनको मिति सार्न लागिएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले ‘मिति सार्न पाईँदैन’ भन्र्द चर्को नाराबाजी गरेका छन् । विद्यार्थी नेताहरुको नाराबाजीबाट पार्टीको बैठकमा आउने नेताहरु बाटोमै अलपत्र परेका छन् ।

सम्बन्धित खबर