रोनाल्डोविना नै पोर्चुगल सेमिफाइनलमा

दियो पोस्ट  

काठमाडौं, मंसिर २ ।  बहुचर्चित खेलाडी क्रिश्चियानो रोनाल्डोले नखेले पनि पोर्चुगलले युइएफए नेसन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको छ । गएराती भएको खेलमा इटालीसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

लिग ए गु्रप ३ मा पहिलो हुँदै पोर्चुगल सेमिफाइनलको लागि छानिएको हो । तीन खेलमा पोर्चुगलले दुई जित र एक बराबरी गरी ७ अंक जोड्दै पहिलो स्थान कब्जा गरेको छ । चार खेल खेलेको इटालीको ५ अंकमात्र भएको छ । पोल्याण्डको तीन खेलबाट एकमात्र भएको छ ।

गएराती नै भएका अन्य खेलमा स्कटल्याण्डले अल्बानियालाई चार शुन्य, रोमानियाले लिथुआनियालाई तीन शुन्य गोल अन्तरले पराजित गरेका छन् ।

आज गत विश्वकपको उपविजेता क्रोएसियाले इङल्याण्डको सामना गर्नेछ । त्यस्तै सनमारिनो र बेलारुस पनि आमनेसामने हुँदैछन् ।