काठमाडौँ, मंसिर ३ । मार्क जुकरवर्ग फेसबुकका संस्थापक तथा परिकल्पनाकार हुन् । ३४ वर्षिय अमेरिकी युवा जुकरबर्ग पछिल्लो समयमा सबेभन्दा कम उमेरका खर्बपति बनेका छन् । फेसबुकबाट मात्रै उनी वार्षिक ४६ खर्ब ३४ अर्ब रुपैयाँ आम्दानी गर्छन् । उनीसंग अहिले १५० खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको स्रोत बताउँछ । कलिलो उमेरमै सफलता हासिल गरेको उनै फेसबुकका जन्मदाता जुकरबर्गले आफुजस्तै सफल व्यवसायी हुन अरुलाई सुझाब दिएका छन् । उनका १० मुख्य सुझाव यस्ता छन् ः
१. महत्वाकांक्षी हुनुहोस् । सकेसम्म ठुलो सपना देख्नुहोस् ।
केही कुरा तपाइँकैै पालामा निर्माण गर्नुहोस । ताकी, त्यसले संसालराई केही सकारात्मक परिवर्तन गर्न सहयोग पुर्याओस् । जसबाट आउने पुस्ताले पनि प्रेरणा लिऊन ् । केह ीगर्ने मार्गदशृक सिद्धान्तलाई तयार पार्नुहोस् । सानै भएपनि काम गर्नुहोस् । तर, सधैँ ठुलो सोच राख्नुहोस् । सपना पनि सधैँ विशाल देख्नुहोस् । आम मानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् । उनिहरुलाई पनि यसमा जोड्नुहोस् ।
२. सुपर भावुक हुनुहोस्
तपाई केही विशेष काम गर्न सक्ने मानिस हो भन्ने सधैँ मनमा राख्नुहोस् । एकैचोटि ह्वात्तै धेरै पैसा आउने कामतिर मात्र ध्यान नदिनुहोस् । तपाईँले गर्ने काम जस्तोसुकै सानो या ठुलो किन नहोस् , मात्र तपाईँ त्यो कामप्रति प्यासोनेट हुन जरुरी छ । त्यसप्रति इमानदार पनि हुनुहोस् । एक दिन तपाईँ अवश्य सफल हुनुहुनेछ । खासगरि आइटी संसारमा, जहाँ निरन्तर नयाँ विचारहरु आउँछन् र लामो समससम्म प्रयोग गरिन्छ ।
३. सीमा आए भत्काउनुहोस अघि बढ्नुहोस
तपाई बसेको समाज तपार्यँलाई रामे र विशेष लागिरहेको हुन सक्छ । तर, यदि तपाईले चाहने हो भने त्यो भन्दा पनि राम्रो संसार सिर्जना गर्न सक्नुहुनेछ । तपाईँ बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस्् । तर, अरुको नक्कल(कपी) नगर्नुहोस् । पुरै विश्वलाई फाइदा पुग्ने काम गर्ने आँट गर्नुहोस् । यसका लागि जोखिम आए मोल्न पछि नपर्नुहोस् । बाधा आए भनेर आफ्नो व्यवसायलाई साँघुरो घेरामा नखुम्च्याउनुहोस् ।
४. तपाइँले गरिरहेको सबैभन्दा महत्वपुर्ण काम गर्नुहोस्
मैले सबैभन्दा महत्वपुर्ण कुरा (काम) गरिरहेको छु । के म सधैँभरि यसरी नै गरिरहन सक्छ?’ हरेक दिन आफैँले आफैलाई प्रश्न गर्नुहोस् । तपाईले गरिरहेको काम सबैभन्दा समस्याको काम (महत्वपुर्ण) होस् भन्ने फिल गर्नुहोस् । यो काम देश र समाजका लागि नगरी नहुने छ भन्ने सोच राख्नुहोस् ।
५ कडा परिश्रम गर्नुहोस्
तपाईले देखेको सपना वास्तविकतामा परिणत गर्न सम्भव भएसम्म सबै इफर्ट लगाउनुहोस् । कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ । त्यसैले कडा परिश्रम गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ । आफ्नो लक्ष्य पुरा गर्न केही कुरा त्याग गर्नसमेत तयार हुनुहोस् ।
६. आफैँलाई विश्वास गनुृहोस्, काममा एकाग्र हुनुहोस्
तपाई आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् । अरुलाई आफुप्रति नकारात्मक भावना आउन नदिनुहोस् । आफु सही बाटोमा हिँडेपछि कसैको पनि परवाह नगर्नुहोस् । आफ्नो व्यवसायबारे अपडेट हुँदै व्यवसायको व्यवस्थापनमा ध्यान दिनुहोस् । आफ्ना ग्राहकलाई सधैँ मूल्यवान सम्झिनुहोस् । आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस् । यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नुहोस् ।
७. लचिलो हुनुहोस् , परिवर्तन गर्न इच्छुक हुनुहोस्
व्यवसायभ नेको परिवर्तनशील हुन्छ । हरेक दिन तयाँ उत्पादन ग्राहकले खोज्छन् । यसो भन्दै गर्दा पुराना उत्पादनलाई पनि बोझ नसम्झिनुहोस् । आफ्नो व्यवसायलाई प्रत्येक दिन तपाईँ फ्रेस आँखाले क्रान्तिका लागि अघि बढ्नुहोस् ।
८. सधैँ दबाबमा रहनुहोस्
तपाईँ एउटा उद्यमी हो । भित्री र बाहिरी दुबै रुपमा तर्पासंग सधैँ स्पष्ट मार्गचित्र र अदम्य साहस हुनैपर्छ । तपाईँको यही क्षमताले दबाबविच पनि माथि उठ्न मद्दत गर्छ । जति तपाइँ आफुले केही गर्नुपर्छ भन्ने दबाब महसुस गर्नुहुन्छ, त्यति नै अघि बढ्नुहुन्छ ।
९. वेलैमा काम सक्नुहोस्, पर्फेक्ट नै हुनुपर्दैन
तपाईँ केही काम सक्नुहोस् । यो पर्फेक्ट नहोला । तर, तपाईाले समयमै सक्नुभयो भने त्ये नै सर्वोच्च काम हुनेछ । संसारमा अहिलेसम्म कोही र केही पनि पुर्ण छैन । तसर्थ, आफ्नो तर्फबाट बेस्ट काम गर्ने प्रयास गरे पुग्छ । सबैको चित्त बुझाउने पफेक्ट काम गर्नैपर्छ भन्ने जरुरी छैन ।
१०. सामान्य जीवनशैलीमा रहनुहोस्
इदि तपाईँ अर्बपति हुनुभयो भनेपनि फर्जि खर्च नगर्नुहोस । अनावश्यक भड्किला सामग्री, महंगा कार, भव्य महल खरिद या प्रयोग गर्नतिर नलाग्नुहोस् । सधैँ आफ्नो कम्पनीलाई माथिल्लो स्तरमा पुर्याउने भन्ने मात्र धाउन्न राख्नुहोस् । यसका लागि तपाइँको निवास पनि सकेसम्म् कम्पनीकै परिसरमा होस् ।