विश्वकपको उपविजेता क्रोएसिया न आफू छनोट भयो न स्पेनलाई हुन दियो

diyopost.com
Diyo post  सोमबार, मंसिर ०३, २०७५ | ९:३१:५०

काठमाडौं, मंसिर ३। युइएफए नेसन्स लिगमा विश्वकपका उपविजेता क्रोएसिया र अर्को बलियो टिम स्पेन सेमिफाइनलमा पुग्नबाट बञ्चित भएका छन् । गएराती भएको खेलमा जिततर्फ लम्केको क्रोएसियलाई इङल्याण्डले २–१ गोल अन्तरले पराजित गरेसँगै स्पेन पनि सेमिफाइनलमा पुग्न सकेन ।

क्रोएसिया र इङल्याण्डले बराबरी खेलेको मात्रै स्पेन सेमिफाइनलमा पुग्ने थियो । तर, इङल्याण्डले जितेपछि अरु दुवै टोली पछाडि परेका हुन् ।

इङल्याण्डविरुद्ध ५७ औं मिनेटमा क्रोएसियाका लागि एन्द्रेज कार्मारिकले उत्कृष्ट गोल गर्दै अग्रता बनाए ।

यो अग्रता ७७ औं मिनेटसम्म पुगे पनि ७८ औं मिनेटमा जेसस लिंगगार्डले इङल्याण्डका लागि गोल गरे । ८५ औं मिनेटमा ह्यारी केनले गोल गर्दा स्पेन र क्रोएसिया दुवैको बाटो बन्द हुन पुगेको हो ।

सम्बन्धित खबर