काठमाडौँ, मंसिर ३ । सरकारले सोमबारबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । आगामी ३ बर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य बनाएको सरकारले पाँचथरबाट परिचयपत्र वितरण शुरु गर्न लागेको हो ।
पाँचथरमा एक सय एक बर्षकी वयोवृद्धालाई सबेैभन्दा पहिले परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ । फिदिम नगरपालिका ४ शान्तिपुरकी भगवतिदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा बादलको हातबाट परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताएका छन् । त्यसका लागि गृहमन्त्री आजै पाँचथर जाने भएका छन् ।
पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ तर तात्कालिन अवस्थामा २४ सय परिचयपत्र जिल्लामा पुगेको हुनाले सबैलाई वितरण गर्न नसकिने जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ ।
त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।
राष्ट्रिय परिचय पत्रको प्रयोग र फाइदा यस्ता छन्:
प्रयोग
नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुनेछ जस्तै :-
फाइदा
राष्ट्रिय परिचयपत्र जारी भएपछि मुख्यत: निम्नानुसारका फाइदाहरू हासिल गर्न सकिनेछ :-