विपिन कार्की सवारी दुर्घटनामा परि घाइते

diyopost.com
Diyo post  मंगलबार, मंसिर ०४, २०७५ | १४:४८:०४

काठमाडौं, मंसिर ४ । अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन्।

मंगलबार बिहान फिल्म जात्रै जात्राुको सुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको मोटरसाइकलको ठक्करबाट कार्की घाइते भएका हुन्।

फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार टेकु(कालीमाटी जोड्ने विष्णुमती पुलमा दुर्घटनामा परेका कर्कीको अवस्था भने सामान्य रहेको छ। उनको दायाँ खुट्टामा चोट लागेको र बल्खुस्थित वयोधा हस्पिटलमा उपचार भइरहेको छ।

कार्कीलाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त मोटरसाइकलसहित चालक फरार छन्।

अभिनेता कार्कीको दुर्घटनाका कारण फिल्म ुजात्रै जात्राुको छायांकन कार्य केही दिनका लागि स्थगन गरिएको छ।

सम्बन्धित खबर