विद्युत सर्ट हुँदा उर्लावारीमा भीषण आगलागी, एक करोड ११ लाखका क्षती

विद्युत सर्ट हुँदा उर्लावारीमा भीषण आगलागी, एक करोड ११ लाखका क्षती

 

विराटनगर, मंसिर ४ । मोरङको उर्लावारीमा मंगलबार दिउँसो भएको आगलागीबाट एक करोड ११ लाख बढीको क्षती भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचानक आगलागी भएको थियो ।

अधिकारीको आफ्नै किराना पसलबाट बिद्युत सर्ट भई आगलागी हुँदा अधिकारीको घर सहित सुन, नगद सहित एक करोड ११ लाख बढी क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै आगलागीबाट छिमेकी अर्जुन न्यौपानेको घर समेत जलेर नष्ट भएकोे छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी बिभिन्न स्थानबाट आएका ६ वटा दमकलको सहयोगमा साँझ पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

Trending News