शरीर जोडिएका जुम्ल्याहा छोरीका मुटुकलेजो पनि एउटै

शरीर जोडिएका जुम्ल्याहा छोरीका मुटुकलेजो पनि एउटै

 

सुर्खेत, मंसिर ४ । सुर्खेतमा आइतबार जन्मेका जोडिएका जुम्ल्याहा शिशुको मुटुकलेजो पन एउटै भएको पाइएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा गएको आइतबार राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिएकी थिइन् ।

भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग बिशषज्ञ डाक्टर नवराज केसीले बताए । उनले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुटउने सम्भावना कम भएको बताए । ‘मुटु फरक फरक भएकाले अब शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना छैन भन्दा पनि हुन्छ’ डा.केसीले भने, ‘एउटै मुटु भएकाले श्वासप्रवास बढेको छ । आइसियुमा राखेर उपचार गरिहरेका छौँ ।’ उनले परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्डरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको जानकारी दिए ।

Facebook Comments

Trending News