मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

दियो पोस्ट  

पुत्राजया, मलेसिया, मङ्सिर ५ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ ।

यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न मुद्दामा छलफल भएको जानकारी दिइएको छ ।

‘हाम्रो लामो समयको समबन्ध रहेको छ । हाम्रो समस्या पनि उस्तै रहेको र यसको समाधानको लागि हाम्रो वार्ता जारी रहने छ । हाम्रीले विदेश लगानी, निजीकरण, आतङ्कवाद र खाद्यपदार्थको विषयमा पनि छलफल गर्ने छौ ’ मलेसियाली प्रधानमन्त्री महाथिरले बताउनु भएको छ ।

गत अगस्तमा पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका इमरान खानको सो पद सम्हालेयता मलेसियाको यो पहिलो भ्रमण हो । भष्टाचारविरुद्धको लडाईमा मलेसियाको प्रयासलाई आफूले पनि सिक्ने चाहाना भएको खानले बताउनु भएको छ ।

पाकिस्तानमा पर्यटन क्षेत्रको विकाश गर्न मलेसियासँग सहयोग लिने खानले बताउनु भएको छ । पाकिस्तानसँग पर्यटन क्षेत्रहरु त प्रशस्त रहेको तर पर्यटन स्थलको राम्रो विकाश नभएको खानले बताउनु भएको छ । पर्यटन स्थलको राम्रो विकाशपछि जिडिपी र प्रति व्यक्ति आय बढ्ने खानले बताउनु भएको छ । (रासस /सिन्ह्वा)