६ मंसिर, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको वेभसाइट बन्द भएको छ । पुननिर्माण सम्बन्धि महत्वपूर्ण जानकारी प्रवाह हुँदै आएको वेभसाइट बन्द भएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिस्टममा समस्या आएको कारण वेभसाइट बन्द भएको बताएको छ ।
प्राधिकरणका मनहर घिमिरेले सरकारको सर्वरमा समस्या आएको कारण बन्द भएको दियो पोष्टलाई बताए ।
उनले भने,‘समस्या आएको छ, केही समयमा नै समाधान हुन्छ ।’