काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने बताए ।
सबै क्षेत्र रचनात्मक भएर अगाढी बढेमात्र समृद्धीको नाराले पुर्णता पाउने उनले बताए । मन्त्री र कर्मचारीले पनि कार्यशैलीलाई केही परिवर्तन गरि नीति, वैठक र सुझावमा धेरै समय खेर नफाली राष्ट्रनिर्माणमा दत्तचित्त भएर अगाडी बढ्नसमेत आग्रह गरे । मन्त्री र कर्मचारीहरुले विज्ञहरुको धेरै सुझाव लिनुभन्दा आफैले अध्ययन गरि अवधारणा बनाउनुपर्ने र त्यसलाई कार्यन्वयन गर्दा विज्ञहरुको सुझाव लिँदा उत्तम हुने समेत बताए । कर्मचारीहरु मितव्ययी ढंगले राज्यकोषलाई जोगाउन र सहि उपयोग गर्नतिर लाग्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीले दिएका थिए ।
वन तथा वातावरणलाई जोगाउनको लागि बृक्षारोपण संगै कृषी वन बढाउन समेत प्रधानमन्त्रीले जोड दिएका छन् । अनुत्पादक भन्दा उत्पादक विरुवाहरु रोप्ने र त्यसको फलजति जनताको र बोट सरकारको हुने तरिकाले काम गर्न पनि उनले निर्देश गरेका छन् । कृषि, उद्योग, पर्यटन र सेवाको क्षेत्रलाई आधुनिकिकरण गर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिने पनि प्रधानमन्त्री ओलीले सुृझाएका छन् ।