नेपालगञ्ज, कार्तिक १५ । नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको पेस्तोलसहित पक्राउ परेका छन् ।
नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलका नगर अध्यक्ष शाह निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद गतिविधि देखिएपछि शाहीमाथि चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।
बाँकेको सुर्खेतरोडस्थित एक रिसोर्टमा बसेको समूहको गतिविधि शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको टोलीले चेकजाँच गरेको थियो । अध्यक्ष शाह राजनीतिक आडमा विभिन्न ठेक्का पट्टा हात पार्न सक्रिय हुने गरेका प्रहरीले जनाएको छ ।