उपनिर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन

दियो पोस्ट  

काठमाडौं,कात्तिक १५ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे आज गृहमन्त्रालयमा छलफल भएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा(बादल), गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुल लगायत सहभागी भएका थिए। बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो ।

कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशिलता र विगतका निर्वाचनका अनुभव आधारमा आवश्यकता अनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिएका छन्।

उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सिफारिस