प्रधानमन्त्री ओलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ

दियो पोस्ट  

काठमाडौं, कार्तिक १६ । जुवाखालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी पक्राउ परेका छन् । नेपाली सेनाका मेजर सेनानी राजेन्द्र शाही जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट शुक्रबार साँझ पक्राउ परेका हुन् ।

सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा रहेका महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरिएको छ ।