कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु हट्यो

दियोपोस्ट संवाददाता

बुटवल, कार्तिक १६ । । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार बिहानदेखि कर्फ्यु हटाएको हो । बिहान ६ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।

कर्फ्यु हटाएपनि प्रशासनले बजार क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चोकचोकमा प्रहरी परिचालन गरिएको छ । दुई समुदायबीच भएको विवाद बिहीबार राती सहमति भएपछि राती नै लक्ष्मी मूर्ति बिसर्जन गरिएको थियो ।

सम्बन्धित खबर