
काठमाडौं, १६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
‘प्रधानमन्त्री ज्युले नै आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नु भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने,‘उहाँले गम्भिर अवस्था भएर सिकिस्त भएको होइन । तर पनि चिकित्सकहरुले परिक्षण गरिरहेका छन् । केही रिपोर्ट आउन बाँकी छ । त्यसपछि आगामी कोर्शको विषयमा निर्णय हुन्छ ।’
प्रवक्ता श्रेष्ठका अनुसार आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहको उप निर्वाचनका लागि नेकपाबाट स्थानिय पार्टीले पठाएको उम्मेदवारहरुको विषयमा छलफल भएको थियो । छलफलका क्रममा आज केही सहमति नभएपछि भोली फेरी बस्नेगरी बैठक स्थगित भएको छ ।