
काठमाडौँ, कार्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक बोलाएका छन् ।
स्वास्थ्यमा खराबी आएपछि सार्वजनिक कार्यक्रममा जान छाडेका प्रधानमन्त्री ओलीले आइतबार २ वटा छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक बोलाएका हुन।
११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले त्यसलगत्तै पार्टी सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबारको मन्त्रिपरिषद बैठकमा केही विकास निर्माण र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका बारेमा समेत छलफल हुने बुझिएको छ ।
द्यपि उपकुलपति नियुक्तिका लागि क्याविनेटले निर्णय गरिरहनु पर्दैन । तर, शिक्षामन्त्रीको संयोजकत्वमा रहेको छनोट समितिले सिफारिस गरेका नाम अनुमोदनका लागि छलफल हुनसक्ने छ ।
‘ त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखेरल नेतृत्वको सर्च कमिटिले डा। भगवान कोइराला, डा। धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम असोज दोसो साता नै प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकपछि आइतबारै बस्ने नेकपा सचिवालय बैठकले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउने छ । सचिवालय बैठकको समय भने तोकिएको छैन ।