जिल्ला अदालत काठमाडौँमा महराको थुनछेक बहस शुरु

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १७ । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस शुरु भएको छ ।

जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ११ बजेबाट थुनछेक बहस शुरु भएको हो । बहसमा पाँच जना वरिष्ठ अधिवक्ताहरुले महराको पक्षबाट प्रतिवाद गर्ने छन् । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बरालले महराको पक्षबाट बहस गर्ने छन्् ।

संसद सचिवालयकै एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा महरालाई पक्राउ गरिएको थियो । पक्राउ पछि गत विहीबार जिल्ला सरकारी वकिलको कार्यलयले महराविरुद्ध मुद्धा दर्ता गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।