टुंगियो युवा संघको एकिकरणः तात्कालिन युवा संघलाई ४२ र वाइसीएललाई ३५ जिल्लाको नेतृत्व !

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ नेपालले ७७ वटै जिल्लाको एकिकरण टुंग्याएको छ । युवा संघको शनिबार बसेको वैठकले ७७ वटै जिल्लामा जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

आइतबार जारि गरिएको प्रेस विज्ञप्तीमा तात्कालिन एमाले नेतृत्वको भातृ संगठन युवा संघले ४२ जिल्लाको नेतृत्व लिने निर्णय गरिएको छ भने तात्कालिन माओवादी नेतृत्वको वाईसीएलले ३३ जिल्लाको नृतृत्व सम्हाल्ने छ ।

युवा संघ नेपालले उपनिर्वाचन हुने जिल्लाहरुमा प्रचारप्रसार गर्नका लागि कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

सम्बन्धित खबर

सिफारिस